नेपाली चलचित्रमा रिश्मा ! 

काठमाडौँ । सोल्टिनी नामले परिचित रिश्मा गुरुङ नयाँ नेपाली चलचित्रमा अनुबन्धित भएकी छन् । उनको अभिनय रहने ‘क्रस रोड्स’ को छायाङ्कनसमेत सुरु भएको छ ।

उनी सुटुक्क विवाह गर्दै थिइन् । विवाहलगत्तै उनको एक पोस्ट सार्वजनिक भयो ‘गरे गुरुङ चलचित्र गर्ने‚ नत्र नगर्ने’ । उनले उक्त समय नेपाली भाषाको चलचित्र नगर्ने बताएकी थिइन् ।

नेपाली चलचित्रमा कलाकारको महत्त्व नभएको उनको तर्क थियो ।

तर उनको यो कुरा आएको एक वर्ष पनि नबित्दै उनी नेपाली चलचित्र छायांकनमै व्यस्त भएकी छन् ।

हुन त ‘कलाकारको बोली समयअनुसार परिवर्तन हुन्छ’ भनिन्छ । यसैमा अर्को एउटा प्रमाण रिश्मा बनेकी छन् ।

उनको आगामी चलचित्रको सफलताको शुभकामना । चलचित्र कबड्डीमार्फत् उनी सोल्टिनीको रूपमा परिचित भएकी हुन् ।

प्रतिक्रिया