मलयालम कलाकार बालाचन्द्रनको निधन

एजेन्सी । मलयालम कलाकार तथा लेखक बालाचन्द्रनको सोमबार निधन भएको छ । उनको ६९ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

उनी पछिल्लो ६ महिनायता मेनिन्जाइटिस रोगबाट पीडित थिए ।  मेनिन्जाइटिसको उपचारकै क्रममा उनको निधन भएको हो । सोमबार नै उनको अन्तिम संस्कार हुने बताइएको छ ।

उनले अन्तिम पटक चलचित्र ‘वन’ मा अभिनय गरेका थिए ।

प्रतिक्रिया