पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूद्वारा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धिको विरोधमा माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेपालपक्ष विद्यार्थी संगठन अनेरास्ववियूले आयल निगमको केन्द्रीय कार्यालय बबरमहलअगाडि प्रदर्शन गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूख्य २-२ रुपैयाँले वृद्धि गरेको थियो । समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया