पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल‚ पेट्रोल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी निगमले मूल्य वृद्धि गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूख्य २-२ रुपैयाँले वृद्धि गरिएको जनाएको छ । समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निमगले उल्लेख गरेको छ ।

प्रतिक्रिया