भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

नयाँ दिल्ली । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

अक्षयले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुका साथै होम क्वारिन्टीनमा रहेको र आवश्यक औषधिहरू पनि सेवन गरिरहेको बताएका छन् ।

अक्षयले आफूलाई कोरोना पोजेटिभ देखिएपनि अहिलेसम्म आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

कोभिड–१९ को संक्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

प्रतिक्रिया