जन्मदिनमा विद्यार्थीको ‘नाटक’ उपहार

काठमाडौँ । रङ्गकर्मी अनुप बरालको आज विशेष दिन । उनी जन्मिएको दिन । पोखरामा जन्मिएका बराललाई जन्मदिनमा उनकै विद्यार्थीले सरप्राइज दिए ।

एक्टर्स स्टुडियोका २६औँ ब्याचका विद्यार्थीले नाटक मञ्चन गर्दै उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेका हुन् ।

२६औं ब्याचका विद्यार्थीले आयोजना गरेको भएपनि अन्य विद्यार्थीसमेत उक्त खुसीको माहौलमा सामेल भए । नाचगान र रमाइलोका बीच जन्मदिनको समारोह सम्पन्न भयो ।

पोखरामा जन्मिएका बराललाई जात्राहरूले पढाइले भन्दा बढी आकर्षित गर्थ्यो । घरमा बुबासमेत पेन्टर भएकाले उनको कला तर्फको आकर्षण बढेको थियो ।

चलचित्रमा अभिनय तथा निर्देशनसमेत गरेका बराललाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया