बिनाबाबुको पहिलो जन्मदिन

काठमाडौं । चलचित्रकर्मी दीपेन्द्र के खनाल नयाँ निर्मातालाई यो क्षेत्र जुवाजस्तो भएको अग्रिम जानकारी दिन्छन् । उनले खुलेरै भन्छन्, ‘यदि चलचित्र बनाएर तपाईँको घरबार डुब्छ, सडकमा आउनुपर्छ भने नबनाउनुस् ।’ उनले कति चलचित्रमा निर्माता बन्ने सपना बोकेर आएका व्यक्तिलाई अब कहिल्यै चलचित्र निर्माण नगर्ने सोचमा पुर्‍याएर छन् । उनी गर्वका साथ यो विषय सेयर गर्छन् ।
भिन्न चलचित्रमा काम गर्न रुचाउने खनालले ‘आमा’ चलचित्रमा पानी परेको सिन खिच्नलाई वास्तवमै पानी परेको दृश्य कुरेका थिए । अब आउने चलचित्र ‘चिसो मान्छे’ मा उनले एउटा सिन पनि घाममा खिचेका छैनन् । यो उनको कामप्रतिको ‘डेडिकेसन’ हो ।
अझ रमाइलो त उनी अधिकांश चलचित्रका कथा आफैँ लेख्छन्, आफैँ खिच्छन् र निर्देशन पनि आफैँ गर्छन् । आज उनै दीपेन्द्र के खनालको जन्मदिन । खनालले यो जन्मदिन आफ्नो जन्मदाताबिना मनाउँदैछन् । आगामी दिनमा अझै भिन्न खाले चलचित्र आओस् । खनाललाई जन्मदिनको शुभकामना ।
प्रतिक्रिया