गर्भवती छिन् दिया मिर्जा

एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जा आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त खबर बाहिर ल्याएकी हुन् । गत फेब्रुअरीमा विवाह गरेकी उनले ‘बेबी बम्प’ सहितको तस्बिर सार्वजनिक गरेकी छन् । उनले व्यापारी बैभव रेखीसँग दोस्रो विवाह गरेकी हुन् ।  उनले आफ्नै श्रीमानले खिचेको तस्बिर सार्वजनिक गर्दै खुसी समेत साटेकी छन् ।

उनी लेख्छिन्,‘धरतीलाई झैँ मलाई आमा हुने आशीर्वाद मिलेको छ । एक जीवनको साथ जुन सबै कहानी र प्रत्येक विषयको सुरुवात पनि हो । लोरी गाउन र नयाँ पालुवा सहितको फूल फुल्ने झैँ गरी । मेरो गर्भमा सबै सपना भन्दा सुद्ध सपना हुर्काउने आशीर्वाद मिलेको छ ।

दियाले सन् २०००मा मिस इन्डिया एसिया प्यासिफिकको ताजा पहिरिएकी थिइन् । चलचित्र ‘रहना हे तेरे दिल मे’ मार्फत उनले अभिनय यात्रा सुरु गरेकी थिइन् । पछिल्लो समय भने उनी चलचित्र थप्पडमा देखिएकी थिइन् ।  हाल उनी एक तेलुगु चलचित्रमा व्यस्त छिन् ।

प्रतिक्रिया