पुष्पलाई आराम !

काठमाडौँ ।  नायक पुष्प खड्कालाई आराम मिलेको छ । उनले अब ढुक्कले म्युजिक भिडियोको प्रचार गर्न पाउने भएका छन् ।
उनका दुई चलचित्र ‘मन सँग मन’ र ‘कृष्ण लीला’ चैत २७बाट पछि सरेका छन् । यो निर्णयबाट पुष्पलाई फुर्सद मिलेको छ ।
यसै पनि पछिल्लो समय चलचित्रमा भन्दा म्युजिक भिडियोमा रमाइरहेका छन् ।

पुष्पलाई त प्रदर्शन देखि ट्रेन्डिङ लिस्ट सम्म सेयर गर्न मन हुन्छ । भलै आफू अभिनीत चलचित्रको मिति जति नै नजिक किन नआओस् ।

अब त उनी फुक्का भएका छन् खुलेर म्युजिक भिडियो खेल्न र प्रचार गर्न ।

तर प्रदर्शन गर्ने भनिएको मितिबाट चलचित्र पछि सर्दै गर्दा यसको असर अन्तमा कलाकारलाई समेत पर्ने पक्का छ ।  यस विषयमा पनि सोच्ने पो हो की ?

प्रतिक्रिया