हो‚ हामी गर्भवती छौं : प्रियङ्का कार्की

काठमाडौँ । नायिका प्रियङ्का कार्की र नायक आयुष्मान देशराज जोशी आमाबाबु बन्ने पक्का भएको छ ।

आफ्ना श्रीमान आयुश्मानसँगै उभिएको  तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्‚ ‘अब तपाईँहरू प्रश्न सोध्ने क्रम बन्द गर्न सक्नुहुन्छ । हो‚ हामी गर्भवती छौँ ।’

केही दिनअघि मात्र परिवारसँग होली खेलेको उनको तस्विरलाई लिएर उनी गर्भवती भएको अनुमान गरिएको थियो । तर, अहिले भने प्रियंका स्वयंले सामाजिक संजालमार्फत् आफू गर्भवती भएको पुष्टि गरेकी हुन् ।

आमा बन्ने खवरसँगै उनका शुभचिन्तकहरूले उनलाई बधाई दिइरहेका छन्को । गत २०७६ फागुन १६ गते प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रिया