म्यान्मार नरसंहारविरुद्ध नेपालमा प्रदर्शन

काठमाडौं । म्यान्मार नरसंहारविरुद्ध नेपालमा प्रदर्शन भएको छ । अनेरास्ववियु क्रान्तिकारीले बुधबार काठमाडौंस्थित म्यान्मार दूतावासअगाडि प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा ‘लङ लिभ डमोक्रेसी’लगायतका नाराहरु लगाइएको छ । म्यान्मारमा अहिले शासन सत्ता सेनाले आफ्नो हातमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको छ । त्यस क्रममा नागरिक अवज्ञा बढेको छ । यही कडाइका बीच सेनाले सयौं नागरिकको हत्या गरिसकेको छ ।

प्रतिक्रिया