मिस्टर सुवोधले ल्याए ‘कान्छी…’

काठमाडौं । गायक मिस्टर सुवोधको ‘निलो आकाश’ एल्बममा समावेश ‘कान्छी…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत छ ।

भिडियोमा लक्ष्मण पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दिपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय रहेको छ । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द बिष्टले खिचेका हुन् ।

भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् । भिडियोको छायांकन जापानमा गरिएको छ । गायक सुवोध ‘कान्छी’ अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।

प्रतिक्रिया