यमाहा नेपालको फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८

काठमाडौं । यमाहा नेपालले नयाँ वर्ष २०७८ का लागि आफ्नो प्रवर्द्धनात्मक फ्रिडम् इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना ल्याएको छ ।

नव उत्सवलाई  रोमाञ्चक एवं बृहत् बनाउँदै यमाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कारबापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको यमाहाले जनाएको छ ।

साथै स्क्र्याच कार्डमार्फत् ग्राहकहरूले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरू हरेक हप्ता हात पार्न सक्ने पनि यमाहाले जनाएको छ ।

ग्राहकवर्गलाई थप सुविधा दिने उद्देश्यका साथ यमाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको जनाएको छ । जसअनुसार मोटरसाइकल तथा स्कूटर ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिने यमाहाले जनाएको छ ।

नयाँ वर्षका प्रवर्द्धनात्मक योजनाका बारेमा जानकारी दिँदै यामाहा नेपालका सिइओ चिरञ्जिवी शाह भन्छन्‚ ‘कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित वातावरण बनाइदिएको छ ।’

सवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित गरेको यमाहाले जनाएको छ ।

यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटरसाइकल र फ्युलइन्जेक्टेड स्कूटरहरू उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्यधुनिक प्रविधियुक्त २ पांग्रे सवारी साधनहरूको बजारमा अग्रणी रहँदै यमाहाको भनाइ छ ।

प्रतिक्रिया