फ्लोरमा अक्षयको ‘रामसेतु’

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारको चलचित्र ‘रामसेतु’को छायाङ्कन सुरु भएको छ । छायाङ्कन सुरु भएको जानकारी दिँदै अक्षयले आफ्नो लुक्स सार्वजनिक गरेका छन् ।

अक्षयले लुक्स सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो लागि खास चलचित्रबाट बनाउने एक यात्रा आज देखि सुरु भएको छ । रामसेतुको छायाङ्कन सुरु । म सिनेमामा एक आर्कियोलोजिस्टको भूमिका निभाउँदै छु ।’ सार्वजनिक पोस्टरमा उनले लामो कपाल पालेका छन् ।

अभिषेक शर्माको निर्देशनमा बन्ने चलचित्रमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहने छ ।

प्रतिक्रिया