भाइरल भिडियोको विषयमा अजयको सफाइ

एजेन्सी । भारतीय कलाकार अजय देवगणले पिटाइ खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता अजयले दिल्लीमा एक पवको बाहिर झगडा गरेको झुटो खबर फैलाउँदै छन् । झगडा बढेर अजयले कुटाइ खाएको समेत भनिएको छ ।
भिडियो यति सम्म भाइरल भयो की अजय स्वयम्ले उक्त भिडियो झुटो भएको बताउन पर्‍यो ।

उनले लेखेका छन्,’यस्तो लाग्छ म झैँ देखिने कोही व्यक्ति समस्यामा परेका छन् । मलाइ यो भिडियोको विषयमा फोन आइरहेको छ । म यस किसिमको घटनामा परेको छैन । मेरो विषयमा गरिएको चर्चा निराधार छ । सम्पूर्णमा होलीको शुभकामना ।

यस विषयमा अजय भन्दा अघि उनका प्रवक्ताले भिडियो फेक भएको बताई सकेका थिए । उनी लामो समय यता दिल्ली गएका समेत छैनन् ।

प्रतिक्रिया