अनमोलका दश चलचित्रमा अधिकांश सफल

काठमाडौँ । बाल कलाकारको रूपमा चलचित्रमा देखिन थालेका अनमोल केसीका १० चलचित्र प्रदर्शनमा आइसकेका छन् । बाबु भुवन केसी र आमा सुस्मिता दुवै जना चलचित्र क्षेत्र कै भएको कारण समेत उनलाई यो क्षेत्रमा आउन सहज भयो ।

पढाइमा खासै रुचि नभएका अनमोललाई अभिनय सँगै गायनमा रुचि रहेको छ । विद्यार्थी जीवनमा उनको आफ्नै ब्यान्ड समेत थियो । त्यसै मार्फत उनी सङ्गीतको अभ्यास र प्रस्तुती गर्थे ।

आज भन्दा १३ वर्ष अगाडी चलचित्र ‘सुपरस्टार’ मा बाल कलाकारको रूपमा उनले अभिनय सुरु गरेका थिए । चलचित्रले अधिक सफलता हात पारेको थियो । त्यसको ठिक १०वर्ष पछि उनी ‘साथी म तिम्रो’ मा अतिथि भूमिकामा देखिएका थिए । तर यो चलचित्रले भने पानी सम्म भन्न पाएन ।

चलचित्र ‘होस्टेल’ मार्फत भने उनी सोलो हिरोको रूपमा दर्शक माझ देखिए । यस पछिका उनका अधिकांश चलचित्र दर्शकले मन पराएका छन् ।

हरेक चलचित्रमा नयाँ नायिका सँग जोडी बाँध्ने अनमोलले पहिलो पटक सुहाना थापा सँग दोहोर्‍याएर काम गरेका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ ले बक्स अफिसमा धमाका गरेपछि उनी ए मेरो हजुर ४मा सुहाना सँग काम गर्दै छन् । दश चलचित्र प्रदर्शन भएकोमा उनी अहिले अन्य केही चलचित्रमा व्यस्त छन् ।

दर्शक तथा कलाकर्मीको मनमा बस्न सफल अनमोल केसीको आज जन्मदिन । मकालु खबरको तर्फबाट उनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया