वर्षाजी, कति छिट्टै !

काठमाडौँ । नायिका वर्षा सिवाकोटीको ब्रेकअपको खबर ताजै छ । उनी अमेरिका बस्ने प्रेमीसँग अलग्गिएको खासै लामो समय भएकै छैन । तर उनी अर्का एक व्यक्ति सँग नजिकिएकी छन् ।

उनको राज कटुवालसँगको निकटता देख्न थालिएको छ । हिजो मात्रै मनाइएको होलीमा यी दुई एक साथ देखिए ।

वर्षाबाट टाढिएपछि उनका पूर्व प्रेमीले दुखेसो पोखे । सामाजिक सञ्जालमा उनले लामै चर्चा गरेर विगत पनि सम्झिए ।

यता वर्षा भने एक्लै खुसी भएको सामाजिक सञ्जालमा देखाउँदै थिइन् ।

कारण, उनी राजको नजिक हुँदै रहिछिन् ।

उनी पहिले, प्रेममा डुबेर पटक पटक अमेरिका पुगिन् । तर यता आएर चटक्कै माया मारिन् ।

हाल सालै चलचित्र विकास बोर्डका सदस्य बनेका राज पनि मक्ख छन् ।

उनीहरू आफ्नो निकटतालाई साथीत्वको नाम दिएर अगाडी बढिरहेका छन् ।

तर यति छिट्टै वर्षा मुभ अन भएको देखेर चैँ अचम्म लाग्यो ।

आफूलाई भावुक भन्न रुचाउने वर्षालाई आफ्नो टुटेको भावना र सम्बन्धले लामो समय एक्लो हुन नदिएको देखियो ।
प्रभुको लीला अपरम्पार छ !

प्रतिक्रिया