‘मोडल हन्ट नेपाल २०२१’ का बिजेता प्रवीण र अनिशा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल-२०२१’ को उपाधि प्रवीण चापागाईँ र अनिशा शाक्यले प्राप्त गरेका छन् । होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रवीणले पुरुषतर्फ तथा अनिशाले महिलातर्फको उपाधि जितेका हुन् ।
प्रतियोगिताको पुरुषतर्फ मिनाल्ड लामिछानेले फस्ट रनर्सअप तथा अनुप कार्कीले सेकेन्ड रनर्सअपको उपाधि जिते भने महिलातर्फ श्रीयशी श्रेष्ठले फस्ट रनर्सअप तथा परितोषिका पन्तले सेकेन्ड रनर्सअपको उपाधि जिते ।

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एन्ड फेसनका १७ औँ ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका आकर्षक पहिरनमा सजिएर र्‍याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए ।

ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको यो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वाले मोस्ट स्टाइलिस, प्रवीण चापागाईँ र राजश्री कार्कीले वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडीले वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यातले पब्लिक च्वाइस तथा मि। एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घलेले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसैगरी विनय पन्त र अनिशा शाक्यले मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछानेले वेष्ट फिजिक र अदिति मानन्धरले बेष्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठले कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्कीले मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओलीले होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम भण्डारी र स्नेहा पोखरेलले फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

आईसी ग्रुप नेपालका प्रवन्ध निर्देशक शैलजा अधिकारी, टेलिभिजनकर्मी सुरज सिंह ठकुरी, मिस नेपाल माल्भिका सुब्बा, डा। आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको यो प्रतियोगिताको आयोजना नेक्स्ट मोडल्स नेपालले गरेको हो ।

रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यको रहेको थियो । करिव पाँच साताको प्रशिक्षणसहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको हो ।

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्ड्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया