मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भौतिक दुरी राखेर होली मनाउन देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड-१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com