भ्याक्सिन लगाएका रावल कोरोना सङ्क्रमित

एजेन्सी । भारतीय कलाकार परेश रावललाई कोरोना सङ्क्रमण भएको छ । रावलले शुक्रवार आफ्नो ट्विटर ह्यान्डलबाट आफू कोरोना सङ्क्रमणमा परेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई कोरोना सङ्क्रमण भएको छ । विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला ।’
६५ वर्षीय लोकप्रिय कलाकारले कोभिड १९ विरुद्धको पहिलो डोज भ्याक्सिन लगाइसकेका छन् । १८ दिन अघि उनले भ्याक्सिन लगाएका हुन् ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र रूपले फैलँदै गइरहेको छ । स्वास्थ्यकर्मीहरूले पहिलादेखि नै भ्याक्सिन लिएका मानिसमा पनि कोरोना सङ्क्रमण हुनसक्ने बताउँदै आएका छन् ।

दोस्रो लहरको कोरोनाद्वारा कलाकारहरू कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदी, आर माधवन, आमिर खान, रणवीर  कपूर, मिलिन्द सोमन सङ्क्रमणमा परेका छन् ।

प्रतिक्रिया