भारतीय गीत बेलायतको पाठ्यक्रममा

एजेन्सी । ‘दबंग’ चलचित्रको चर्चित गीत ‘मुन्नी बदनाम हुइ’ बेलायतको पाठ्यक्रममा समावेश गरिएको छ । सङ्गीत सम्बन्धी अध्ययन गरिने पाठ्यक्रममा भारतीय शास्त्रीय सङ्गीत, बलिउडका चर्चित र भाँगडा बिटका केही गीत समेटिएको छ ।बेलायतको शिक्षा विभागले देश भरका सबै विद्यालयका पाठ्यक्रममा यो योजना लागु हुने व्यवस्था गरेको छ ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार पाठ्यक्रममा बलिउडका चर्चित गीतहरू समावेश गरिएको छ । किशोरी अमोनकरको ‘सहेली रे’, अनुष्का शंकरको ‘इण्डियन समर’, ए आर रहमानको ‘जय हो’ र बलिउड बक्स अफिस हिट गीत ‘मुन्नी बदनाम हुई’  पाठ्यक्रममा समावेश गीतहरू रहेका छन्  ।

प्रतिक्रिया