आज ‘मोडल हन्ट नेपाल सिजन ६’ ग्राण्ड फिनाले

काठमाडौँ । मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ को ग्राण्ड फिनाले आज हुदैछ । काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबिच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा विभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन् ।

रवि धमला र रत्ना पाण्डेको निर्देशनमा सञ्चालनमा हुने मोडल हन्ट नेपाल सिजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरूप सञ्चालन हुनेछ । नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एन्ड फेसनका विद्यार्थी फेसन डिजाइनसहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको पहिरनमा र्‍याम्प नाप्नेछन् ।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिताको अवसरका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना गोवा फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए ।
प्रतियोगितामा ३५ युवा  र ३३ युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवम् अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा विभिन्न प्रशिक्षणसहित उनीहरूले निखारेका छन् । प्रशिक्षणका क्रममा उनीहरूले र्‍याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरूको आफूमा विकास गरेको कोरियोग्राफर रोजिन शाक्यले बताए । शाक्य प्रतियोगिताका मुख्य प्रशिक्षक हुन् ।

प्रतिक्रिया