शुभ जन्मदिन झरना

काठमाडौँ । दया राम दाहालको निर्देशनमा चलचित्र ‘दाइजो’ बन्ने भयो । एक १७ वर्षीय युवती पनि अभिनयको लागि तयार भइन् । कुरा २०५३ सालको हो । सुदन केसीले हिरोका रूपमा अभिनय यात्रा सुरु गर्दै थिए । १७ वर्षीय झरना राजभण्डारीको समेत पहिलो चलचित्र थियो, यो । पहिलो चलचित्रमा झरना छुच्ची बुहारीको भूमिकामा देखिएकी थिइन् । चलचित्रमा भुवन केसी र मेलिना मानन्धर समेत थिए ।

उनै झरना राजभण्डारी अहिले झरना थापाको नामले चिनिएकी छन् । नेवार परिवारकी उनी सुनिलकुमार थापासँग विवाह गरिन् र झरना थापाका नामले चिनिइन् । तर उनी अभिनीत पहिलो चलचित्र ‘दाइजो’ मा भने उनको थर थापा उल्लेख छैन ।

१७वर्षमा अभिनयमा प्रवेश गरेकी उनी अहिले निर्देशक पनि बनेकी छन् । अहिले त उनकी छोरी सुहाना थापा नै नायिका बनिसकेकी छन् ।

झरनाको आज चैत १३ गते जन्मदिन । झरनालाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया