‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसन इलाममा हुँदै

काठमाडौँ । ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन ४ को पहिलो अडिसन २०७७ चैत्र १४ गते शनिवार इलामको फिक्कलबाट सुरु हुने भएको छ । टिन्ज डान्स सेन्टर धनकुटाको आयोजनामा हुने कार्यक्रममा गायन तथा नृत्य विधामा प्रतिस्पर्धा हुनेछ ।
ट्यालेन्टको इलामका निर्णायकहरूमा गायनतर्फ झापा सरगम संगीतालयका शिक्षक मणि बर्देवा, इलामे गायक लेखु विवश तथा नृत्य तर्फ भिभा डान्स सेन्टर इलामका प्रशिक्षक संकोज श्रेष्ठ रहने छन् ।

गायन तर्फको विजेताले स्कुटर, पाँच लाख बराबरको जीवन बिमा र गीत रेकर्ड गर्ने मौका पाउनेछन् भने नृत्य तर्फको विजेताले स्कुटर, पाँच लाख बराबरको जीवन बिमा गरिने बताइएको छ । विजेताहरू सिङ्गापुर भ्रमण जान पाउने छन् ।

फस्ट रनर अपले रु दुई लाख बराबरको जिवन बिमा, ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । जिल्ला अडिसन पछि मुख्य कार्यक्रम धनकुटामा हुने जनाइएको छ । कार्यक्रमको मुख्य निर्णायकहरूमा गायनतर्फ प्रमोद खरेल, बुद्धि लिम्बू तथा नृत्य तर्फको निर्णायकमा बिनु शाक्य र सुमन योगि रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया