योगेशको अपिल- ‘एमाले फुट्न थाल्यो, सबै मिलेर रोकौँ’

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी विभाजन हुनबाट बचाउन सबैले सक्दो प्रयास गर्नुपर्ने बताएका हुन् ।

थोरै पनि लचकताबाट यो सम्भव रहेको उनको भनाई छ । ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ,’ उनले भनेका छन्, ‘बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

सर्वाेच्चले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेभित्र विभाजनको रेखा कोरिन थालेको छ । तर नेता भट्टराईसहित दोस्रो पुस्ताका केही नेताहरुले एकता जोगाउन लचकता अपनाउन दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया