विद्यालयमा थप सतर्कता अपनाउन सरकारकाे आग्रह

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालयमा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले  बिहीबार एक सूचना जारी गर्दै विद्यालय जाँदा मास्क‚ स्यानिटाइजरको प्रयोग गर्न, साबुन पानीले हात धुन‚ ज्वरो नाप्न र संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजाने वातावरण मिलाउन विद्यालयलाई आग्रह गरेको हो ।

विद्यालयमा भिडभाड नहुने गरी पढाउन र संक्रमणको समयमा कुनै कार्यक्रम तथा सभा समारोह नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधीनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम मापदण्ड अपनाउन पनि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया