इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

काठमाडौं । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी घर भई इमाडोलमा बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन् । उनी शिक्षा क्षेत्रका अधिकृत तहका कर्मचारी रहेको खुलेको छ ।

आइतबार साँझ करिब साढे ६ बजेको समयमा बाटोमा एक्लै हिँडिरहेकी युवतीलाई भट्टले अश्लील हर्कत गर्दै गोप्य अंग देखाएको आरोप छ ।

घटनापछि पीडित युवतीले ती व्यक्तिलाई पछ्याउँदै भिडियो खिचेकी थिइन् र उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =