अंक कम आएको भन्दै विद्यार्थीले गरे अरनिको कलेजमा तोडफोड

  • सुमन सुस्केरा

विराटनगर । अंक कम आएको भन्दै विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । विराटनगरको अरनिको कलेजका विद्यार्थीहरुले अंक कम आएको भन्दै तोडफोड गरेका हुन् । कलेज प्रशासनकाअनुसार कक्षा ११ का विद्यार्थीले परीक्षाफलमा चित नबुझेपछि तोडफोड गरेका हुन् ।

उनीहरुले विद्यालयको झ्यालका सिसा फुटाएका छन् । कलेजले आन्तरिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेपछि उनीहरु तोडफोडमा उत्रेका हुन् ।

विद्यार्थीहरु तोडफोडमा उत्रिएपछि नियन्त्रणको लागि प्रहरी परिचालन गरिएको थियो । कलेजका संचालक राजेश कार्कीले कलेजमा असामान्य अवस्था सिर्जना भएको बताए । पहिलेदेखि नै ४/५ जना विद्यार्थीले हुलहुज्जत गर्दै आएकोमा अरु विद्यार्थीलाई उक्साएर केही झ्यालको सिसा फुटाएको उनले बताए ।

अहिले अवस्था सामान्य रहेको सञ्चालक समितिले जनाएको छ ।

 

प्रतिक्रिया