नेपाललाई निर्यातप्रधान बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातप्रधान नभइ निर्यातप्रधान बनाउनुपर्ने बताएका छन् ।

नेपाल आफैँमा कृषिप्रधान भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बिहीबार पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाल आफैँमा कृषिप्रधान हो । अब यसलाई आयातप्रधान होइन, निर्यातप्रधान बनाउनुपर्छ ।’

प्रतिक्रिया