ट्राफिक प्रहरीका सहयोगीहरू

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि २ सय ५० जना स्वयंसेवक खटिएका छन् । धेरै व्यस्त १५ ठाउँमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नेपाल स्काउटका रेन्जर र नेपाली सेनाको राष्ट्रिय सेवा दलका क्याडेट गरी २५० जना स्वयंसेवक खटिएका हुन् ।

उनीहरुले दरबारमार्ग, केशरमहल, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, नयाँ बानेश्वर, पुरानो बानेश्वर, कालीमाटी, शंकरदेव क्याम्पस, कोटेश्वर, पुतलीसडक, गौशाला, चाबहिल, महाराजगन्ज, भक्तपुरको थिमी र सूर्यविनायक चोकमा ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।

चैत १० देखि खटिएका उनीहरूले १५ दिनसम्म दैनिक ६ घण्टा, स्वयंसेवकको भूमिका निर्वाह गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरूले पैदल यात्रुलाई समेत जनचेतना जगाउने काम गरिरहेका छन् ।

तस्वीरहरू:

प्रतिक्रिया