दस दिनमा तयार भयो ‘ए मेरो हजुर ४’ को शीर्ष गीत

काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाङ्कन १० दिन लगाएर सकिएको छ । डोल्पाको शे–फोक्सुन्डो तालमा खिचिएको उक्त गीतको छायाङ्कनका लागि टिम फागुन ३० गते लोकेसनमा पुगेको थियो ।

गीतमा अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्रको बाकी छायाङ्कन १० दिनमा सकिने टिमले बताएको छ । बाकी छायाङ्कन काठमाडौँ र पोखरामा हुने निर्देशक झरना थापाले बताएकी छन् ।

सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा सलोन बस्नेत समेत मुख्य भूमिकामा छन् । ‘ए मेरो हजुर ३’ दर्शकले मन पराएको कारण अनमोल सुहानाको जोडी यस चलचित्रमा दोहोरिएको हो । चलचित्र आगामी वर्षको तीज छेको पारेर भदौ १८ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया