पोर्चुगलको जित, फ्रान्स रोकियो

काठमाडौं । पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो ।

अजरबैजानविरुद्ध पोर्चुगलले १-० गोलको कठिन जित निकाल्यो । समूह ‘ए’ मा रहेको पोर्चुगलको जितमा अजरबैजानका माक्सिम मेडभेडेभले आत्मघाति गोल गरे । खेलको ३७ औं मिनेटमा उनले आफ्नै पोष्टमा आत्मघाति गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो ।

पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो । त्यस्तै, विश्वविजेता फ्रान्स भने आफ्नो पहिलो खेलमा १-१ गोलको बराबरीमा रोकिएको छ । फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिक्रिया