विश्वकप छनोट: बेल्जियमको जित

काठमाडौं । बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

समूह ‘इ’ मा रहेको बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे । यता, वेल्सका लागि ह्यारी विल्सनले गोल गरे । खेलको १० औं मिनेटमा ह्यारीले गोल गर्दै वेल्सलाई अग्रता दिलाए । तर यो अग्रता वेल्सले कायमै राख्न नसक्दा हार ब्यहोरेको हो ।

खेलको २२ औं मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरी दिलाए । २८ औं मिनेटमा थोर्गनले गोल गर्दै पहिलो हाफसम्म बेल्जियमलाई २-१ गोलको अग्रता दिलाए । ७३ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गरेपछि बेल्जियमले ३-१ गोलको जित निकालेको हो ।

यहि समूहमा भएको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियालाई ६-२ गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया