काठमाडौंमा मास्क नलगाउनेलाई कारबाही गरिने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई कारवाही गर्ने भएको छ । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण बढेको र जोखिम बढेको भन्दै नेपालमा पनि आवश्यक सुरक्षा अपनाउन थालिएको हो ।

नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौंमा होली पर्व भीडभाडमा नमनाउन अनुरोध गरिएको छ । त्यस्तै, अब काठमाडौंमा भौतिक दूरी अपनाउनु पर्ने, अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम ल्याइएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड नमान्नेलाई कारबाही गरिने पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया