अँगालोमा बाबु-छोरी !

काठमाडौं । भुवन केसी र सुस्मा कार्की दुवै कलाकार  बिबादमा परिरहन्छन् । भुवनको युवा अवस्थाको त के चर्चा गर्नु, छोरो नायक भइसक्दासम्म उनका कहानी चल्दै नै छन् ।

सुस्मा कार्की र फण्डा एक अर्काका परिपूरक भइगए । केही दिन अघि मात्रै एक पबमा उनको लफडा नै पर्‍यो । हात हालाहाल भयाे ।

भुवनको पछिल्लो घटना साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको विवाद बढ्दै गएर अदालतसम्म पुगेको छ ।

यहीबिच सुस्माले आज मात्रै एक तस्बिर सार्वजनिक गरेकी छन् । भुवनसँग अँगालोमा बाँधिएर । फोटोको निकटता अलि बढी नै छ ।

केही दिन अघि ‘भुवन ड्याडी’ भन्दै उनी अन्तर्वार्ता दिँदै थिइन् । त्यस्तै उनले नेपालमा मनाएको सलमान खानको जन्मदिन कार्यक्रममा पनि भुवन लामै समय बसे ।

जिया केसीसँग एकसाथ बस्दै आएका भुवनको सुस्मासँगको यो निकटता कस्तो ? के बाबु छोरी कै अँगालो होला त ? सिने बजारमा खासखास खुसखुस शुरु भइसकेकाे छ ।

प्रतिक्रिया