ओलीद्वारा एमाले पार्टी कार्यालयको निरीक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय थापाथालीको अवलोकन गरेका छन् ।

अध्यक्ष ओली बुधबार बिहान कार्यालय अवलोकनको लागि थापाथली पुगेका हुन् । कार्यालय अवलोकनका लागि त्यहाँ पुगेका ओलीले घर चित्तबुझ्दो रहेको बताएको कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले जानकार दिइन् ।

उक्त घर एमालेनिकट व्यवसायी सञ्जय अग्रवालको घरलाई एमालेले कार्यालय बनाउन लागिएको हो । सो घर पाँच वर्षका लागि लिजमा लिइएको छ । यसअघि एमालेको पार्टी कार्यालय धुम्बाराही थियो ।

प्रतिक्रिया