डेब्यु चलचित्रबाटै चर्चित एलिजा

आज मोडल एलिजा गौतमको जन्मदिन । दुई सन्तानकी आमा तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजालाई मकालु खबरको तर्फबाट जन्मदिनको शुभकामना । एलिजा एक चलचित्र गरेरै चर्चित रहेकी नायिकामा पर्छिन् । आज हामी उनको विषयमा केही चर्चा गर्दै छौ :

श्रीमानसँगको उमेर अन्तर :
ऋषि धमला पत्नी एलिजालाई पटक पटक आफू भन्दा दोब्बर उमेर समूहको पुरुष सँग किन विवाह गरेको भनेर प्रश्न गर्ने गरिन्छ । उनले सहजै जवाफ दिन्छिन्,’वहाँ सँगै जुर्‍यो त्यसैले विवाह भयो’ । उनी श्रीमानको उमेरलाई लिएर आफूलाई केही पनि समस्या नभएको बताउँदै अरूलाई यस्तो विषयको चर्चा नगर्न समेत आग्रह गर्छिन् । ठ्याक्कै उमेर अन्तर नखुले पनि ऋषि एलिजा भन्दा २० वर्ष भन्दा बढी उमेरका भएको चर्चा हुने गर्छ ।

पहिलो चलचित्रबाटै चर्चित :
एलिजाले चलचित्र ‘अनुराग’ निर्माण गरिन् । सोही चलचित्रबाट उनले अभिनय पनि सुरु गरिन् । भलै चलचित्र चलेन, उनी भने चलिन् । उनको चलचित्रले नमज्जाको असफलता चाख्दै गर्दा उनी सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट दर्शकको नजिक रहिनै रहिन् । उनले सञ्चार माध्यममा राम्रो स्थान लिन सफल भइन् । उनकै चलचित्रबाट डेब्यु  गरेका नायक समुन्द्र गायब झैँ रहँदा उनको हातमा भने म्युजिक भिडियोको सङ्ख्या लामै छ ।

म्युजिक भिडियोमा जम्दै :
चलचित्र नचले पनि उनका म्युजिक भिडियो भने दर्शकले मन पराई रहेका छन् । त्यसैले उनले पछिल्लो समय हप्तामा ३,४ वटा सम्म भिडियोमा अभिनय गरिन् । आधि कपाल र आँटो पिठो गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो । उनले चलेका निर्देशक तथा मोडल सँग काम गर्न पाइन् भने स्थापित गायक गायिकाको गीतमा कम्मर मर्काइन् ।

धमला पत्नी :
एलिजा आफ्नै नामको सङ्घर्षमा छिन् । उनी अभिनीत म्युजिक भिडियो सार्वजनिक हुन्छ । अन्तर्वार्तामा पुग्छिन् । उनको परिचय गराउँदै गर्दा अधिकांश कार्यक्रम सञ्चालकले ‘पत्रकार धमला पत्नी’ भनेर सुरुवात गर्छन् । उनलाई यो ट्यागबाट निस्किन केही समय लाग्ने देखिन्छ । खैर, उनी स्वयम्लाई भने यो विषयमा कुनै गुनासो छैन ।

सन्तान जन्माएर चलचित्रमा:
एलिजा विवाहित महिलाहरूको लागि प्रेरणा पनि हुन् । विवाह पश्चात् अधिकांश नेपाली महिलाले आफ्नो जीवन सकिएको महसुस गर्छन् । अझ ग्ल्यामरको क्षेत्रमा त विवाह पछि करियर नै सकिने चर्चा चल्छ । यही बिच एलिजा भने दुई सन्तान जन्माए पश्चात् रंगकर्ममा होमिएकी हुन् ।

प्रतिक्रिया