‘जार’ छायाङ्कनका लागि सिक्किम पुगे सौगात

काठमाडौँ । चलचित्र ‘जार’ छायाङ्कनका लागि अभिनेता सौगात मल्ल सिक्किम पुगेका छन् । चलचित्र ‘दि सिक्रेट्स अफ राधा’ को छायाङ्कन पश्चात् सिक्किम पुगेका उनको छायाङ्कन भोलिबाट सुरु हुने छ ।

सन् १८ सयको दशकतिर सिक्किमेली समाजमा घटेको यथार्थ घटनालाई आधार मानेर चलचित्र निर्माणको तयारी गरिएको हो । फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र फुर्वा छिरिङ लामाले निर्देशन गर्दै छन् ।

चलचित्रमा मुख्य महिला पात्रको भूमिकामा गीताञ्जली थापाको  अभिनय रहने छ । प्रायः भारतीय कलाकारहरूको अभिनय रहने चलचित्रको सम्पूर्ण छायाङ्कन पश्चिम सिक्किममा नै हुनेछ । आउँदो वर्षको दसैँ र तिहारको बिचमा प्रदर्शन लक्ष्य राखिएको चलचित्रको छायाङ्कन २० दिनमा सकिने तयारी रहेको छ ।

चलचित्रको कथा इन्द्र बहादुर राईको लेखेका हुन् भने स्क्रिन प्ले निर्देशक लामा स्वयंको हो । चलचित्रमा अनुप विक्रम शाहीको समेत अभिनय रहनेछ ।

प्रतिक्रिया