प्रधानमन्त्रीलाई संसदसँग बदला लिनुछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदसँग बदला लिनु प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उद्देश्य भएको बताएका छन् ।

संसद विघटन गर्नेसम्मको चेष्टा गरेकाले प्रधानमन्त्री ‌‌ओलीले संसदलाई कामविहीन बनाउने प्रपञ्च रचेको उनले बताएका हुन् ।

प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने भन्दै संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको बताए । उनले संसदको गरिमा कायम राख्नका निम्ति आफूहरू लडिरहने बताए ।

मंगलबार शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिने? विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने?’

प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उनले बताए ।

प्रतिक्रिया