एक्लिए जितु

काठमाडौं । कलाकारको दुस्मनी पनि अचम्मकै । जितु नेपालले मुन्द्रेको कमेडी क्लबको दोस्रो सिजनमा दीपाश्री निरौलालाई अध्यक्षबाट हटाए । यो खबरले निकै दिन चर्चा पायो । दीपाले मिडियामा आएर आँसुसमेत झारिन् । जितुले आफ्नै तरिकाले स्पष्टीकरण दिए ।

सार्वजनिक कार्यक्रममा जितु र दीपाको बोलचाल देखिन्छ । तर सोही छक्का पन्जा टिमका अन्य सदस्य भने जितुको नजिक नै पर्न चाहँदैनन् । जितु पनि तर्किँदै गरेको देखिन्छन् ।

‘कान्तिपुर सिनेप्लेक्स’ उद्घाटन समारोहमा पुगेका जितु हरिवंश आचार्यको नजिकै बसे । केही क्षण बसेर कार्यक्रमबाट निस्किहाले । तर दीपक राज गिरी लगायत भने लामै समय बसे ।

यहाँ केही देखिएको फाटो अर्को एक कार्यक्रममा भने छर्लङ्गै भयो ।

दीपाश्री निरौलाको स्वरमा होलीको गीत ‘धनियाँ के होली’ सार्वजनिक भयो । छक्का पन्जा टिमले निर्माण गरेको भिडियोमा दीपाकै निर्देशन छ ।

दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डङ्गोल, शिवहरि पौडेललगायतका कलाकार भिडियोमा फिचर्ड छन् । तर जितु भने देखिँदैनन् ।

जितु आफैले पनि सम्बन्ध नबिग्रिएको बताउँदै आएका थिए । तर टिमको काममा नै नसमेटिए पछि सम्बन्ध बिग्रिएको छैन भनेर पनि कसले पत्याउला र !

प्रतिक्रिया