माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको भएपनि सिंहदरबारमा बैठक सिंहदरबारमा सुरू भएको हो ।

सिंहदरबारमा रहेको संसदीय दलको बैठक हलमा जारी बैठकमा आन्तरिक संगठन निर्माण र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन ।

बैठकले एमालेमा गएका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने सम्भावना छ । गृहमन्त्री रामबहादुर थापालगायत ७ मन्त्रीसहित २३ नेता एमालेमा गएका छन् ।

प्रतिक्रिया