भारतीय चलचित्रकर्मी सागर सरहदीको निधन

एजेन्सी । भारतीय चलचित्र निर्माता, निर्देशक तथा लेखक सागर सरहदीको निधन भएको छ । ८८वर्षीय सागरको मुटु रोगका कारण आज मुम्बईको एक अस्पतालमा निधन भएको हो ।

सागरले स्मिता पटेल र नसिरुद्धीन शाह अभिनीत ‘बाजार’ चलचित्र निर्देशन गरेका थिए । त्यस्तै, फारुख शेख, नसीरुद्धीन र सबाना आजमी फिचर्ड चलचित्र ‘लोरी’ निर्माण गरेका थिए । ऋतिक रोशन र अमिषा पटेल अभिनीत ‘कहो ना प्यार हे’ को कथा समेत उनले लेखेका थिए ।

बलिउडकर्मी अशोक पण्डितले सरहदीको निधनको खबर सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले हृदयाघातको कारण निधन भएका सरहदीको आत्माको शान्तिको कामना गर्दै उनले गरेका चलचित्र मध्ये केही नाम सम्झिएका छन् । साथै सरहदीको निधन सिङ्गो चलचित्र जगतको लागि अपूरणीय क्षति भएको बताएका छन् ।

सरहदी स्क्रिन प्ले र संवादको लागि परिचित थिए । उनले हनी इरानी र रवि कपुरसँग मिलेर ‘करोना प्यार हे’ को स्क्रिन प्ले तयार गरेका थिए । उनले ‘सिलसिला’ चलचित्रमा यस चोपडासँग मिलेर काम गरेका थिए । त्यस्तै उनले कभी कभी, नूरी, चाँदनी, दिवाना लगायत चलचित्रका डाइलग तयार पारेका थिए ।

प्रतिक्रिया