सोध्नेहरु स्वयम् लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई्

काठमाडौं । विपक्षी एमाले नेता योगेशकुमार भट्टराईले सत्तापक्षीय एमालेले सोधेको स्पष्टीकरणतर्फ लक्षित गर्दै सोध्नेहरु नै स्वयम् लाखौं प्रश्नको घेरामा रहेको बताएका छन् ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीमबहादर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त स्पष्टीकरणलाई इङ्गित गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । ‘सोध्नेहरु स्वयम् लाखौं प्रश्नको घोरामा छन्,’ नेता भट्टराईले ट्वीटरमार्फत् भनेका छन् ।

प्रतिक्रिया