‘कान्तिपुर सिनेप्लेक्स’ संचालनमा

काठमाडौँ । कान्तिपुर नेटवर्कले चलचित्र क्षेत्रलाई महत्व दिँदै च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले क्ल्याप बोर्ड ठोकेर च्यानलको शुभारम्भ गरे । उनले लकडाउनमा यो च्यानलको जन्म भएको बताए । च्यानलसँग तीन सयभन्दा बढी चलचित्र ‘स्टक’ मा रहेको समेत बताए । चलचित्र निर्माण गर्नकै लागि कान्तिपुर स्टुडियोको पनि स्थापना गरिएको छ ।

याक एन्ड यति होटेलमा भएको च्यानलको शुभारम्भ कार्यक्रममा नेपाली चलचित्रकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । कलाकार हरिवंश आचार्यले १६ पैसामा चलचित्र हेरेको स्मरण गरे । अभिनेता राजेश हमालले फिल्मसँग सम्बन्धित च्यानल भएकाले चलचित्र क्षेत्रका लागि खुसीको कुरा रहेको बताए । शम्भुजित बास्कोटा, निरुता सिंह, दीपा श्री निरौला, भुवन केसी दीपकराज गिरी, पूजा शर्मा लगायतले च्यानलको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया