महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसअघि महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबारै राजीनामा दिएका थिए । यसपिछ तत्कालै बडाल सिफारिस भएका हुन् ।
बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए । बडा निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

सिफारिस भएका बडाललाई अब राष्ट्रपतिले महान्यायाधिवक्तामा नियुक्त गर्नेछिन् ।

प्रतिक्रिया