‘द इर्न्टन’ मा अमिताभ अनुबन्धित

एजेन्सी । चलचित्र ‘द इर्न्टन’ मा अमिताभ बच्चन अनुबन्धित भएका छन् । ऋषि कपूर र दीपिका पादुकोण अनुबन्धित भएकोमा ऋषिको अगिल्लो वर्ष निधन भएको थियो । उनको निधनसँगै चलचित्रको छायाङ्कन रोकिएको थियो । सोही भूमिकामा अब अमिताभ देखिने भएका हुन् ।

दीपिका र अमिताभ यस अगाडी ‘पिकु’मा एक साथ काम गरेका थिए । पिकु बक्स अफिसमा सफल भएको थियो । यो चलचित्र हलिउड चलचित्रको रिमेक हो ।

प्रतिक्रिया