‘नीरफूल’ निर्देशक बल नेपाल टेलिभिजनको महाप्रबन्धक

काठमाडौँ । पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलान्चोक जिल्लाका फुलमान चलचित्र निर्देशनसँगै पत्रकारिता तथा साहित्य र क्षेत्रमा संलग्न रहेका छन् । उनले दयाहाङ राईलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘नीरफूल’  निर्देशनसमेत गरेका छन् ।

प्रतिक्रिया