बने चलचित्र, नबने समाचार !

काठमाडौँ । सञ्चिता लुइँटेल पछिल्लो समय घर व्यवहारमै व्यस्त भइन् । उनले चलचित्रमा काम नगरेको पनि लामै समय भयो ।

एक रेस्टुरेन्ट उद्घाटनमा पुगेको समयमा भने उनले कमब्याकको रहर व्यक्त गरेकी थिइन् ।

उनको शरीर मोटाएर भद्दा देखिन थालेपनि उनले अभिनयको रहर गरेकी छन् ।

यही क्रममै उनको एक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ । निर्माता तथा स्क्रिप्ट राइटर केदार भुसालसँग उनी भलाकुसारी गर्दै गरेको अवस्थामा देखिएकी छन् ।

केदारको हातमा कलम छ भने टेबुलमा छरिएको कागज देख्न सकिन्छ । दुवै जना मुस्कानसहितको भलाकुसारीमा व्यस्त छन् ।

तस्बिर सार्वजनिक गर्दै केदार लेख्छन् ‘केही छिट्टै आउँदैछ ।’

के केदारले सञ्चितालाई कम ब्याक गराउन लागेका हुन् ? कि सञ्चिता स्वयम् नै निर्माता बनेर चलचित्र बनाउँदैछिन् ? याे अहिल्यै भन्न सकिँदैन ।

केदार नायिकालाई निर्माता बनाउन सिपालु मानिन्छन् । उनले चलचित्र ‘कौसीद’बाट ऋचा शर्मालाई समेत निर्माता बनाइसकेका छन् ।

खैर, यी दुईको भलाकुसारीको परिणाम ‘बने चलचित्र‚ नबने समाचार’  चाहिँ पक्का छ ।

प्रतिक्रिया