अमिताभ र इमरान अभिनित ‘चेहेरे’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र इमरान हाशमी अभिनित चलचित्र ‘चेहरे’ को ट्रेलर सार्वजनिक भएको छ ।

रुमी जाफरीले निर्देशन गरेको चलचित्रको ट्रेलर अमिताभको आवाजबाट सुरु हुन्छ । आनन्द पण्डित मोशन पिक्चर्स र सरस्वती इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रमा अमिताभ र इमरानसँगै रिया चक्रवती, अन्नु कपूर, धृतिमान चटर्जी, रधुवीर यादव, सिद्धान्त कपूर र क्रिस्टल डिसूजाको अभिनय रहेको छ ।

चलचित्र अप्रिल ९ बाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया