प्रिमियरमा मन पराइयो ‘कमेडी च्याम्पियन सिजन २’

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन- २’ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइएको थियो ।

प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए । कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन् । यी चारै प्रतियोगीको प्रस्तुतिलाई जजले राम्रो प्रतिक्रिया दिए । यी चार प्रस्तुतिलाई प्रिमियरमा उपस्थित व्यक्तिहरूले पनि मन पराए ।

‘कमेडी च्याम्पियन सिजन- २’ को प्रसारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछिमात्रै ग्राण्ड प्रिमियर गरेको हो । यस वर्ष कमेडी च्याम्पियनमा सहभागी हुन ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीले निर्देशन गरेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

प्रतिक्रिया